Shangrila

नविल बैंकको एटीएम ललितपुर महानगरपालिका परिसरमा

काठमाडौं, ९ साउन । नबिल बैंक लिमिटेडले ललितपुर महानगरपालिका परिसरमा एटीएम जडँन गरी सेवा प्रारम्भ गरेको छ । बैंकले महानगरका कर्मचारी र सेवा ग्राहीहरुलाई मध्यनजर गर्दै एटीएम सेवा प्रारम्भ गरेको हो ।

उक्त एटीएम सेवाको उद्घाटन बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल र महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संंयुक्त रुपमा गरेका हुन् । मेयर महर्जनले उक्त एटीएम सेवा विस्तारले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीहरुलाई आर्थिक कारोबारमा सहयोग पु¥याउने बताए ।

हाल बैंकले ७९ वटा शाखा कार्यालय, १ सय ३८ वटा एटीएमकोमाफर्त सेवा प्रदान गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *