राष्ट्र बैंकका ८ कार्यकारी निर्देशकको सरुवा, कसलाई कुन विभागको जिम्मेवारी ?

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले ८ कार्यकारी निर्देशकको सरुवा गरेको छ। उनीहरुले आइतबार देखि आफ्नो नयाँ जिम्मेवारी सम्हाल्ने छन् ।
सुपरिवेक्षण विभागमा मुकुन्द क्षेत्रीलाई ल्याइएको छ। सो विभागमा कार्यरत महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा सरुवा गरिएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा देवकुमार ढकाल, भुक्तानी विभागमा बमबहादुर मिश्र, विकास बैंक सुपरिवेक्षण विभागमा ऋषिकेश भट्ट र आन्तरिक लेखा परिक्षण विभागको जिम्मेवारी भुवन कँडेललाई दिइएको छ।
राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिना आएकी छन् । उनी यसअघि आन्तरिक लेखा परिक्षण विभागमा थिइन् । त्यस्तै, सामान्य सेवा विभागमा सुमन अधिकारी र वित्त कम्पनी व्यवस्थापन विभागमा प्रदिपराज पाण्डेलाई जिम्मेवारी दिइएको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।