यो साता सेयर बजारमा २.५७ अंकको गिरावट, १ अर्व ९७ करोडको कारोबार

काठमाडौं, ११ साउन । यो साता सेयर बजारमा २.५७ अंकले गिरावट आएको छ । गत साताको अन्तिम दिन साउन २ गते १२७२.४९ विन्दुमा बन्द भएको परिसूचक यो साताको अन्तिम दिन १२६९.९२ विन्दुमा बन्द भएको छ ।
साउन लागेसँगै बढ्न लागेको बजार मौद्रिक नीतिपछि १४.१५ अंकले घटेको थियो । त्यस्तै यो साता १ अर्ब ९७ करोड रुपैयाँ बारबरको सेयर कारोबार भएको छ।