Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बहुउद्धेश्यिय जलाशययुक्त आयोजना अगाडि बढाउने सरकारी योजना

बहुउद्धेश्यिय जलाशययुक्त आयोजना अगाडि बढाउने सरकारी योजना

काठमाडौं, १२ साउन । सरकारले बर्षातको पानीजन्य प्रकोपलाई न्यूनीकरण गर्न र हिउँदमा हुने पानीको संकट टार्नका लागि बहुउद्देश्यीय प्रकृतिका जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउने भएको छ ।जलस्रोत,ऊर्जा तथा सिंचाई मन्त्री बर्षामान पुनले शनिवारदेखि राजधानीमा आरम्भ भएको “जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन” विषयक दुई दिवसीय सम्मेलनको समुद्घाटन गर्दै उक्त कुरा बताए । उनले नेपाल बर्षाको पानीको उपलब्धताको हिसाबले धनी रहेको उल्लेख गर्दै भने, “ तर नेपालमा प्रकृतिले दिएको अमूल्य पानीको ८० प्रतिशत भाग ९० दिनमा परेर बगेर जान्छ ।बाँकी ९ महिना हामी पानीको अभावमा गुज्रन बाध्य छौ ।”

मन्त्री पुनले बर्षाको पानीबाट हुने प्रकोपलाई कम गर्न र हिउँदको आवश्यकता पूरा गर्नकालागि सरकारले बहुउद्देश्यीय जलाशययुक्त आयोजनाहरुको निर्माणलाई प्राथमिकता दिएको बताउदै भने, काली गण्डकी, उत्तरगंगा, आँधी खोला जस्ता जलाशययुक्त आयोजनाहरुको विकासले बर्षाको पानी संकलन भई  बाढी र डुबानको समस्या कम हुने, जलविद्युत उत्पादन गर्न सकिने,नदीमा हिउँदमा पनि पानीको प्रवाह हुन गई जलयातायात सञ्चालन गर्न सहज हुने र आवश्यक स्थानमा हिँउदमा पनि सिंचाईको सुविधा पु¥याउन सकिने जस्ता बहुपक्षीय लाभ हुनेछन्।”

मन्त्री पुनले राजधानीमा देखिएको भूमिगते पानीको सतह घट्ने समस्यालाई निराकरण गर्न बाग्मतीको जलाधार क्षेत्रमा धाप र नाग्मतिमा बाँध बाधेर जलाशय निर्माण गरी बाग्मतिमा निरन्तर पानीको प्रवाह कायम गर्न लागिएको र दांग उपत्यकामा देखिएको पानीको समस्यालाई सम्बोधन गर्न नौमुरे बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत  आयोजना विकास गर्ने योजना रहेको पनि बताए ।

उनले सरकारले देशभरका नदीहरुको वेसिन अध्ययन गरिरहेको उल्लेख गर्दै भने ,हामीले ६ हजार नदी नाला भन्ने मान्दै आएका थियौ तर नेपालमा नदी,खोला र नालाहरुको संख्या २३ हजार रहेछ । यी खोला नालाको जलाधार क्षेत्रमा पोखरी र चेक ड्याम बनाउन  सकियो  भने नेपालमा पानीको अभाव हुँदैन । पानीका स्रोतहरु पुनर्भरण हुनेछन् ।”

कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले देशमा खानेपानीको माग र आपूर्तिमा ठूलो अन्तर देखिएको र हिउँदमा देखिने खानेपानीको संकट टार्नको लागि बर्षातको पानीको संकलन उपयुक्त उपाय भएको बताए ।

कार्यक्रममा धुलिनखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले धुलिखेल नगरपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउन प्रयासहरु सुरु भएको बताउदै आकाशे पानी संकलन गर्ने घरघनीलाई सम्पत्तिकरमा १५प्रतिशत छुट दिने नीति लिएको जानकारी गराए  ।कान्तिपथस्थित होटल एल्लो प्योगोडामा भैरहेका दुइदिवसीय सम्मेलनमा बर्षाको पानी संकलन  प्रविधिको प्रदर्शनीकक्ष पनि राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x