व्यवस्थापन तथा आइटी सम्बन्धी शैक्षिक मेला

काठमाडौं,१२ साउन । राजधानीमा आजबाट पाचौं व्यवस्थापन तथा आइटी सम्बन्धी शैक्षिक मेला शुरु हुँदै छ। पाठशाला एजुकेशन फाउण्डेशनले आयोजन गर्ने उक्त मेलामा झण्डै ५० वटा स्टलहरू रहने सो दुई दिने शैक्षिक मेलामा करिब चार हजार विद्यार्थीहरूको सहभागिता रहने छन् । यस्तै मेलामा व्यवस्थापन तथा सूचना प्रविधि विषयमा अध्ययन गराउने ३१ शैक्षिक संस्थाहरूको पनि रहने छ।

नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु नै मेलाको उद्देश्य रहेको आयोजकले बताएका छन्। बुद्वनगर पार्टी प्यालेस वानेश्वरमा आयोजना गरिने मेलामा पोखरा विश्वविद्यालयका पाँच शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालय छ, पूर्वाञ्चल विश्वविद्यालयबाट तीन, काठमाडौं विश्वविद्यालयबाट दुई र मध्यपश्चिम विश्वविद्यालयबाट एक गरी पाँच वटा नेपाली विश्वविद्यालयका कलेजहरू, दुई वटा सिए र एक अन्य अध्यापन गराउने संस्थाहरूको सहभागिता रहने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *