Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सार्वजनिक संस्थान – केही टुक्राइदै त केही गाभिदै

सार्वजनिक संस्थान – केही टुक्राइदै त केही गाभिदै

काठमाडौं,१२ साउन ।  सरकारले पछिल्ला दिनमा केही सार्वजनिक संस्थान एव प्राधिकरणहरुलाई आवश्यकता अनुशार गाभ्ने र टुक्राउने काम अघि बढाएको छ ।  केहि दिन अघिमात्र  सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई दुई निकायमा विभाजन तयारीका साथ कानून बनाउन सैद्धान्तिक सहमति प्रदान गरेको सरकारले खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी बन्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

खाद्य संस्थान र नेसनल ट्रेडिङ दुई संस्थानलाई मिलाएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाउन लागिएको हो । खाद्य संस्थानमा सरकारले ९९ करोड सेयर लगानी गरेको छ । भने नेसनल ट्रेडिङमा करिब १७ करोड सेयर लगानी गरेको छ । यसरी कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ९८ लाख ३० हजार हुनेछ । यस्तै, अधिकृत पुँजी ३० अर्ब र जारी पुँजी २० अर्ब रहेको छ । । यसैगरी रेडियो नेपाल टेलिभजनपनि सार्वजनिक प्रसारण संस्थाको रुपमा संचालन गर्ने गरी गाभेर एक बनाउन विधेयक तर्जुमा भइरहेको छ । कानूनको स्वीकृति पछि विधेयक हाल प्रधामन्त्री कार्यालयको विधेयक शाखामा विचाराधिन रहेको छ ।

नगारिक उड्यान प्रधिकणलाई टुक्राएर  वायुसेवा सञ्चालक नियमनकारी निकाय हालको क्यानलाई नियमन गर्ने निकायको रूपमा रहनेछ भने उड्डयन क्षेत्रमा पूर्वाधार विकास गर्ने छुट्टै निकाय गठन हुनेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नियमनकारी र पूर्वाधार हेर्ने दुइ अलग-अलग निकाय हुनुपर्ने बताउँदै आएको थियो। यसले थप व्यावसायिक, दक्ष जनशक्ति र उच्च प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x