Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पारवहन, आयात समस्या समाधानका लागि नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन

पारवहन, आयात समस्या समाधानका लागि नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन

काठमाडौं,१२ साउन ।  नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुँदै छ । राजधानीको सोल्टि होटलमा एघार बजेबाट शुरु हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा दुवै देशका व्यापार तथा वाणिज्य क्षेत्रका विज्ञ, सरकारी पदाधिकारीबाट पारवहन, आयात निर्यातलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने कार्यक्रम रहेको छ ।

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र मेरिटाइम गेटवे इन्डियाद्वारा संयुक्त रूपमा हुने सम्मेलनमा सहभागिताका लागि भारतका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिस्टिक) एन. सिभासैलामको नेतृत्वमा भारतीय टोली काठमाडौँ आएको छ । सम्मेलन दुईदिन सम्म चल्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x