राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्ने
काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि भोली ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिलका लागि आज (सोमबार) अपराह्न ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी बिल अगामी कात्तिक २८ गते परिपक्क हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले पनि बोलकबोलमा सहभागी हुन सक्नेन् ।