Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत छान्न तीन सदस्यिय समिति गठन

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत छान्न तीन सदस्यिय समिति गठन

काठमाडौं, १३ साउन । सरकारी स्वामित्वमा रहेको नेपालको पुरानो बैंक नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छनौटका लागि समिति गठन गरिएको छ । अर्थमन्त्रालयले बैंक संचालक समितिका सदस्य दिपेन्द्र बिक्रम थापाको नेतृत्वमा तीन सदस्यिय समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र उपाध्यक्ष मदन शर्मा रहेका छन् । समितिले छिटै प्रमुख कार्यकारी अधिकृतको आवेदन आह्वान गर्ने छ । कुशल प्रमुख कार्यकारी अधिकृत छनौटका लागि समिति गठन गरिएको बताइएको छ । राजनीतिक आस्था भन्दा पनि कुसल, अनुभवि र क्षमतावान व्यक्तिको छनौट गरि बैंक व्यवस्थापनको जिम्मेवारी दिने समितिले जनाएको छ।

नेपाल बैंकमा देवेन्द्र प्रताप शाहको कार्यकाल सकिएपछि हाल कृष्ण प्रसाद अधिकारीले निमित्त प्रमुख कार्यकारी अधिकृतका जिम्मेवारी सम्हाल्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *