Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

कर प्रणालीलाई वैज्ञानिक बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री खतिवडा

कर प्रणालीलाई वैज्ञानिक बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, १९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणालीलाई वैज्ञानिक बनाउन र एकीकरण गर्न सुधारको प्रयास भइरहेको जानकारी दिएका छन । आन्तरिक राजस्व विभागद्वारा
आज आयोजित व्यवस्थापन गोष्ठीमा उनले स्वच्छ कर प्रशासनका माध्यमबाट राजस्व संकलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकारले कर प्रणालीलाई बैज्ञानिक र एकीकरण गर्ने बताएका हुन ।

अर्थमन्त्री खतिवडाले कर प्रणालीमा अहिले भएका सुधारबाट व्यवसायी तर्सिन नपर्ने बताए । व्यावसायिक कारोवार पारदर्शी र प्रतिस्पर्धी हुनुपर्ने भन्दै निष्पक्ष र सदाचारी प्रशासन समयन्त्रका लागि सुधारको प्रयास भइरहेको उनले बताए । मन्त्री खतिवडाले धेरै नागरिक आयकरको दायरामा आउने स्थिति बनेको भन्दै स्वेच्छिकरूपमा कर तिर्न आउनेलाई सधैं स्वागत गर्ने बताए ।

त्यस्तै, अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले निजी क्षेत्रलाई कर तिर्न प्रोत्साहन गर्न कर प्रशासनमा सुधार गर्न तयार रहेको बताए ।

कार्यक्रममा उद्योगी, व्यवसायीहरुले भने कर प्रशासनमा सुधारको खाँचो रहेको भन्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढेको खण्डमा मुलुकले छोटो अवधिमै विकास र समृद्धि हाँसिल गर्न सक्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x