Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट

साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट

काठमाडौं, १९ साउन । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा गिरावट आएको छ। आज बजार ४.२० अंकले घटेर १२५९.६४ को विन्दुमा बन्द भएको छ।

आज फाइनान्स र माइइक्रोफाइनान्स बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ। एक सय ६९ कम्पनीको ४७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसमा भन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको ५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै सो दिन सबैभन्दा धेरै कमाउनेमा भने स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमालयन पावर पार्टनरका लगानीकर्ताहरु रहेका छन् । सो कम्पनीको सेयर मूल्य ५. ०५ प्रतिशतले तल झरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *