झापाको हलदीबारीमा सनराइज बैंककाे शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं,२१ साउन । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुयाउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरवात गरेको छ ।
हलदीबारी गाउँपालिकाको अध्यक्ष, श्री रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख श्री विवेक कुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो । सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष, श्री रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि श्री सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो ।
हालसम्म सन््राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरूमा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरमा संचालन गर्ने योजना रहेको जनाएको छ ।