Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बैदेशिक रोजगारीबाट फर्केकालाई ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा

बैदेशिक रोजगारीबाट फर्केकालाई ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा

काठमाडौं,२१ साउन ।  अब देखि बैदेशिक रोजगारीबाट फर्केका युवाले ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाउँने भएका छन् । नेपाल राष्ट्र बैकले परिपत्र जारी गर्दै विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले सञ्चालन गर्ने उद्योग व्यवसाय, उत्पादनमुलुक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निमाण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा ३ प्रतिशत ब्याज कायम गर्न निर्देशन दिएको छ । केन्द्रिय बैकको निर्देशन अनुसार जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्पालन व्यवसायमा कर्जामा सोही दर ब्याज कायम गर्नुपर्नैछ ।

बैक तथा वित्तीय संस्थाले यस्तो खालको कर्जा प्रदान गर्दा अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्नेछ । यस अघि यस्तो खालको कर्जामा ४ प्रतिशत ब्यजा कायम गरिएको थियो । त्यस्तै साधारण पुर्नकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँने छैनन । यस अघि यस्तो कर्जाको ब्याज ८ प्रतिशत थियो ।

परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैक तथा वित्तीय संस्थाबाट प्रवाहित १० लाख रुपैयाँसम्मको कर्जामा ३ प्रतिशत कायम गरिएको छ । यस अघि यस्तो कर्जाको ब्याज ५ प्रतिशत थियो ।

केन्दिैय बैकले गरेको नयाँ व्यवस्था अनुसार बैक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा रहित बैकिगं सेवा सञ्चालन गर्न केन्द्रिय बैकको स्वीकृत समेत लिनु पर्ने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x