Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बैकहरूले व्यक्तिगत जमानीमा ऋण लिएका ऋणीको आवद्यिक बिमा गराउँन पाउँने

बैकहरूले व्यक्तिगत जमानीमा ऋण लिएका ऋणीको आवद्यिक बिमा गराउँन पाउँने

काठमाडौ,२१ साउन ।   बैकलाई जथाभावी बिमा गर्न कडाई गरेको नेपाल राष्ट्र बैक केही लचिलो देखिएको छ । केन्द्रिय बैंकले र परिपत्र जारी गर्दै बैकले व्यक्तिगत जमानीमा ऋण लिएका ऋणीको हकमा ऋण अवधिसम्मका लागि आवद्यिक बिमा गराउँन पाउँने व्यवस्था गरेको छ । गत साउन ८ गते नेपाल राष्ट्र बैकले जारी गरेको मौद्रिक नीति मार्फत भने बैकले कर्जाको मात्रै बिमा गराउँन सक्ने व्यवस्था गरेको थियो ।

केन्द्रिय बैकले गरेको व्यवस्था अनुसार कर्जाको बिमा गर्दा स्वयम ऋणीले नै बिमा कम्पनी छनौट गर्न पाउँने व्यवस्था गरिएको छ । बैकहरुले ऋणीहरुलाई निश्चित कम्पनीमा जबरजस्ती बिमा गर्न लगाएको गुनासो आउँन थाले पनि केन्द्रिय बैकले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीति मार्फत राष्ट्र बैकले गरेको यस्तो व्यवस्थाले बिमा कम्पनीहरुको सिण्डिकेट तोडिएको बिमा कम्पनीहरुको दाबी छ ।

बैकहरुले लगानी गरेको कर्जाको सुरक्षणको लागि कर्जाको बिमा गर्न सकिने व्यवस्था छ । तर, बैकहरुले कर्जा लिन आउँने सेवाग्राहीलाई पनि जबरजस्ती जीवन बिमा गर्न लागएको गुनासो आउँन थालेको केन्द्रिय बैंकले बताएको छ । साथै कर्जासँगै अन्य अनावश्यक बिमा योजना भिडाएर सेवाग्राहीलाई शोषण गरेको पिडितहरुले बताउँछन् । केन्द्रिय बैकले व्यक्तिगत जमानीको हकमा ऋणीको पनि बिमा गर्न पाउँने व्यवस्था गरेको छ । यो व्यवस्थाको दुरुपयोग गरी बैकहरुले पुन ः बिमा व्यवसाय गरे राष्ट्र बैंकले कारवाही गर्नुपर्ने पेशागत बिमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बताए।

पछिल्लो समयमा बैकहरुले संस्थागत अभिकर्ताको अनुमति लिएर कथित बैकासुरेन्सको व्यवसाय गर्दै आएका छन् । बैकहरु नै बिमा व्यवसाय गर्न थालेपछि अभिकर्ताहरु भने आक्रोशित बनेका छन् । बिमा समितिले बैकहरुले जथाभावी बिमा  दिएर अभिकर्ताको पेशा नै जोखिममा पारेको पेशागत बिमा अभिकर्ता संघ नेपालका तिवारीले बताए । ‘बैकले नै बिमाको काम गर्ने भएपछि हाम्रो पेशा नै स्वत जोखिम पर्नेछ देखिन्छ,’ उनले भने ।

बैकहरुले संस्थागत अभिकर्ताको अनुमति लिएर बैकासुरेन्स सम्झौताको प्रचार प्रसार गर्दा पनि बिमा समिति मौन रहेपछि बैकहरुले यस्तो काम गर्नका लागि प्रश्रय पाएका हुन् । बिमा व्यवसाय बढाउँन अधिकांश बैकहरुले आफना कर्मचारीलाई नै बिमाको टारगेट समेत दिने गरेको बैककै कर्मचारीहरु बताउँछन् । बैकमा जागिर खान गएकालाई बिमाको टारगेट दिएपछि कर्मचारीहरु अन्यौलमा परेका छन् ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x