Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर निष्कासन

ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर निष्कासन

काठमाडौं,२१ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले साउन २१ गतेदेखि हकप्रद सेयर निष्काशन तथा विक्री खुल्ला गरेको छ । भदौ २३ गते निकाष्शन बन्द हुनेछ । संस्थाले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरमा असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । सेयरधनीले लक्ष्मी क्यापिटल मार्केट, ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्तका केन्द्रीय तथा शाखा कार्यालयहरू र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सेयरका लागि आवेदन दिन सक्नेछन् । ११ करोड ४ लाख ५७ हजार चुक्ता पूँजी रहेको सो संस्थाको हकप्रद सेयर निष्कासन तथा बाँडफाँड पश्चात् २२ करोड ९ लाख १५ हजार पूँजी पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x