Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सूर्या लाइफ र लक्ष्मीको बुक क्लोज

सूर्या लाइफ र लक्ष्मीको बुक क्लोज

काठमाडौं,२१ साउन ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले साउन २९ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० बराबर ७ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनको लागि सो दिन बुक क्लोज गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले साउन १६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले प्रति सेयर १ सय अंकित मूल्यका ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

तस्तै, लक्ष्मी भ्यालु फन्ड १ ले साउन २८ गते बुक क्लोज गर्ने भएको छ । यस योजनाले १५ प्रतिशत लाभांश वितरण प्रयोजनको लागि सो दिन बुक क्लोज गर्न लागेको हो । साउन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x