खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो
काठमाडौं,२२ साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएर १ हजार ३७५ रुपैयाँ कायम गरेको छ । निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य भने बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य ५० पैसा बढाएको छ । मुल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानाकारी दिए ।