भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन
काठमाडौं,२२ साउन । भारतकी पूर्वविदेशमन्त्री एवम भारतिय जनाता पार्टिकी चर्चित महिला नेतृ सुष्मा स्वराजको निधन भएको छ । स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो । हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
प्रधानमन्त्री मोदीले सुषमाको निधन आफ्ना लागि ठूलो क्षति भएको बताएका छन् । प्रधानमन्त्री मोदीले पूर्व विदेशमन्त्री सुषमाको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, ‘भारतीय राजनीतिको एक गौरवपूर्ण अध्याय समाप्त भएको छ । गरिब तथा समाजका लागि जीवन नै त्याग गरेकी अद्वितीय नेताको निधनले सिंगो भारत दुःखी छ । स्वराजको जन्म १४ फेब्रुवरी १९५२ मा भएको थियो ।