Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का एक साता भित्रै

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का एक साता भित्रै

काठमाडौं,२२ साउन । इटालियन कम्पनी सिएमसीले बीचमै अलपत्र छाडेर गएको मेलम्ची खानेपानी परियोजनाको बाँकी काम सम्पन्न गर्न एक साता भित्रै नयाँ ठेक्दार टुग्गो लगाइने भएको  छ।  मेलम्ची खानेपानी आयोजनाको बाँकी सम्पन्न गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । अवका १ साता भित्रै नै यी मध्ये १ कम्पनीले मेलम्चिको बाँकी कामको जिम्मा पाउँने छ । हाल मेलम्ची विकास समितिले दुवै कम्पनीको मूल्यांकन गरेर फाइल आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)मा पठाएको छ ।  एडिबीको अध्यान पछि  एक साताभित्र ठेकदार कम्पनीको टुग्गो लाइ सक्ने बताइएको छ । दुइ कम्पनी मध्ये  चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिन संभावना बढी रहेको समितिका पदाधिकरीहरु बताउछन् ।

परियोजनको हेडबक्सको निर्माण सुरुङ फिनिसिङको काम लगायतका काम बाकी छन्  । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसी दि राभेनाले छाडेर गएपछि मेलम्चीको काम रोकिएको छ । अब ठेक्का पाउँने कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *