Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको ७० हजार, मूल्य बृद्धिले कारोबार न्यून

सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको ७० हजार, मूल्य बृद्धिले कारोबार न्यून

काठमाण्डौ,२३ साउन । केहि दिनयताबाट लगातार बढदै आएको सुनको भाउ ६९ हजार ५ सयबाट बढेर आज तोलाको ७० हजार रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको हो । गएको शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउ त्यसयता लगातार बढिरहेको हो । सुनको भाउ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको छ । चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका र रूस चीन भारत लगायतका देशले सुन खरिद बढाएका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको बताइएको छ । यसै गरी सुनको भाउ बढेपछि नेपाली सुनपसलहरु सुनसान बनेका छन् भने सुन किन्ने भन्दा पनि बिक्रि गर्न आउन थालेपछि अधिकांश सुन पसलहरु बन्द गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x