Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा, ६० दिन बन्द हुँदा २० करोड घाटा

उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा, ६० दिन बन्द हुँदा २० करोड  घाटा

काठमाडौं,२३ साउन । उदयपुर सिमेन्ट उद्योग पुनःसञ्चालनमा आएको छ।  झण्डै ६० दिन बन्द भएको उदयपुर सिमेन्ट उद्योग मर्मतपछि पुनःसञ्चालनमा आएको हो । विद्युत् भोल्टेज गडबडी हुँदा हाइटेन्सनमा रहेको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन बिग्रिए पछि सिमेन्ट उद्योग बन्द भएको थियो । बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कसपबाट मर्मत गरेर ल्याएपछि उद्योग पुनःसञ्चालन भएको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिए । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग ६० दिन लगातार बन्दा हुँदा उद्योगलाई २० करोडभन्दा बढी घाटा भएको छ। गत आर्थिक वर्ष ०७५/७६ मा २३ लाख बोरा सिमेन्ट उत्पादन गरेको  थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x