Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

कर्णाली क्षेत्रका ५० हजार सञ्चयकर्ता संचय कोषको आवास कर्जाबाट बञ्चित

कर्णाली क्षेत्रका ५० हजार सञ्चयकर्ता संचय कोषको आवास कर्जाबाट बञ्चित

काठमाडौं,२४ साउन । कर्मचारी सञ्चय कोषले ल्याएको आवास कर्जा कार्यक्रम कर्णाली क्षेत्रमा विस्तार गर्न नसक्दा त्यस क्षेत्रका हजारौ‌ं संचयकर्ताहरू उक्त सुविधाबाट बञ्चित भएका छन । । आवास कर्जको क्षेत्र विस्तार नहुँदा कर्णाली क्षेत्रमा रहेका ५० हजार बढी सञ्चयकर्ता संचय कोषको उक्त योजनाबाट सहभागी हुन सकेका छैनन् ।

देश संघीय संरचनामा गइसके पनि कोषको संकुचित नीतिका कारण कर्णालीका सञ्चयकर्ता आवास कर्जाबाट वञ्चित हुनु दु:खत कुरा भएको यसले अझै पनि एकात्मक मानसिकता हावी रहेको प्रमाणित गरेको नेपाल नेजामति कर्मचारी यूनियन (संघ) का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीको बताए । लामो समय भइसक्दा सक्दा समेत कोषले झारा टार्नका लागि वीरेन्द्रनगरका १० ओटा वडामा मात्र कार्यक्रम सीमित गरेको शाहीको भनाइ छ ।

कोषले सञ्चयकर्ताका लागि काठमाडौं, विराटनगर, हेटौंडा, बुटवल, पोखरा र धनगढीलगायतका स्थानमा धेरै सयम पहिलेदेखि नै आवास, शैक्षिक र सरल कर्जा लगायतका कार्यक्रम लागु गरेको छ । तर, उक्त कार्यक्रमहरु कर्णालीमा लागु नगरी कोषले विभेद गरेकाल मागलाई तत्काल सम्बोधन संचय कर्ताले दवाव बढाउदै लगेका छन् ।  कर्णालीमा आवास कर्जाको उच्च माग हुँदाहुँदै पनि सीमित स्रोतसाधनसँगै प्राविधिक कारणले क्षेत्र विस्तारमा कठिनाइ भइरहेको कोषले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x