कर्णाली क्षेत्रका ५० हजार सञ्चयकर्ता संचय कोषको आवास कर्जाबाट बञ्चित

काठमाडौं,२४ साउन । कर्मचारी सञ्चय कोषले ल्याएको आवास कर्जा कार्यक्रम कर्णाली क्षेत्रमा विस्तार गर्न नसक्दा त्यस क्षेत्रका हजारौं संचयकर्ताहरू उक्त सुविधाबाट बञ्चित भएका छन । । आवास कर्जको क्षेत्र विस्तार नहुँदा कर्णाली क्षेत्रमा रहेका ५० हजार बढी सञ्चयकर्ता संचय कोषको उक्त योजनाबाट सहभागी हुन सकेका छैनन् ।
देश संघीय संरचनामा गइसके पनि कोषको संकुचित नीतिका कारण कर्णालीका सञ्चयकर्ता आवास कर्जाबाट वञ्चित हुनु दु:खत कुरा भएको यसले अझै पनि एकात्मक मानसिकता हावी रहेको प्रमाणित गरेको नेपाल नेजामति कर्मचारी यूनियन (संघ) का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीको बताए । लामो समय भइसक्दा सक्दा समेत कोषले झारा टार्नका लागि वीरेन्द्रनगरका १० ओटा वडामा मात्र कार्यक्रम सीमित गरेको शाहीको भनाइ छ ।
कोषले सञ्चयकर्ताका लागि काठमाडौं, विराटनगर, हेटौंडा, बुटवल, पोखरा र धनगढीलगायतका स्थानमा धेरै सयम पहिलेदेखि नै आवास, शैक्षिक र सरल कर्जा लगायतका कार्यक्रम लागु गरेको छ । तर, उक्त कार्यक्रमहरु कर्णालीमा लागु नगरी कोषले विभेद गरेकाल मागलाई तत्काल सम्बोधन संचय कर्ताले दवाव बढाउदै लगेका छन् । कर्णालीमा आवास कर्जाको उच्च माग हुँदाहुँदै पनि सीमित स्रोतसाधनसँगै प्राविधिक कारणले क्षेत्र विस्तारमा कठिनाइ भइरहेको कोषले जनाएको छ ।