Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

१९ वटा बैकले लिए ब्रोकरको सञ्चालन स्वीकृत

१९ वटा बैकले लिए ब्रोकरको सञ्चालन स्वीकृत

काठमाडौं, ३० साउन । १९ वटा बाणिज्य बैकले सहायक कम्पनी खोली सेयर ब्रोकर सञ्चालन गर्न नेपाल राष्ट्र बैकबाट स्वीकृत पाएका छन् । एनआईसी एशिया, सानिमा, मेगा, जनता, बैक अफ काठमाडू, सिद्धार्थ, ग्लोबल, नेपाल इन्भेष्टमेण्ट, कुमारी, सेञ्चुरी, नविल, कृषि विकास, हिमालयन, नेपाल बंगलादेश, माछापुच्छ«े, लक्ष्मी, सिटिजन्स, सनराईज र सिभिल बैकले स्वीकृत पाईसकेको राष्ट्र बैकका गर्भनर डा.चिरञ्जीवी नेपालले बताए । उनका अनुसार नेपाल बैक, राष्ट्रिय बैक, स्टयाण्डर्ड चाटर्ड बैक, प्राईम कमर्सियल बैकले भने स्वीकृत लिएका छैनन् ।

त्यस्तै, मार्जिन कारोबार लागि १८ वटा ब्रोकरले नेपाल राष्ट्र बैकबाट स्वीकृत लिएका छन् । दक्षिणकाली इनभेष्टमेण्ट एण्ड सेक्यूरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, दिब्या सेक्यूरिटिज एण्ड स्टक हाउस, कोहीनूर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज, आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज, नेपाल स्टक हाउस, प्रज्ञान सेक्यूरिटिज, डाईनामिक मनी मेनेजर्स सेक्यूरिटिज, प्राईम सेक्यूरिटिज, श्रीकृष्ण सेक्यूरिटिज, सेक्यूर्ड सेक्यूरिटिज, भिजन सेक्यूरिटिज, सुन्धारा सेक्यूरिटिज, इम्पेरियल सेक्यूरिटिज, नासा सेक्यूरिटिज, सुमेरु सेक्यूरिटिज, निभ सेक्यूरिटिज र श्वेता सेक्यूरिटिजले अनुमती लिएका छन् । सिप्रदी सेक्यूरिटिज र अनलाईन सेक्यूरिटिज भने स्वीकृतिको प्रक्रियामा रहेको गर्भनर नेपालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x