Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

गत वर्ष मुक्तिनाथ विकास बैंकको नाफा १ अर्व २२ करोड

गत वर्ष मुक्तिनाथ विकास बैंकको नाफा १ अर्व २२ करोड

काठमाडौं, ३० साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरेको छ । सो अवधीमा ४६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरि ३७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरि सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७.८४ रुपैया रहेको छ । बैंकले गत वर्षको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने लक्ष्य लिएको छ । हाल बैंकले १ सय १८ शाखा कार्यालयबाट वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x