Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्व ३२ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्व ३२ करोड रुपैयाँ

काठमाडौं, ३० साउन । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ५ अर्व ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा रकम हालसम्म सार्वजनिक गरिएका बैंकहरुको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै हो ।

बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ६१ करोड ७३ लाख ९२ हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । गत वर्षमा बैंकले ब्याज आम्दानीबाट १० अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै यो अवधीमा १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकमा १३ अर्ब ७३ करोड रुपैयाँको रिजर्ब रहेको वित्तीय विवरणमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x