एनएमबि क्यापिटलद्वारा विद्यार्थी लक्षित लगानीकर्ता चेतना कार्यक्रम सम्पन्न
काठमाडौं, २ पुष । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम सम्मपन्न गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीकालागि कार्यक्रम सञ्चालन भएकाे थियाे ।
सोही दिन काठमाडौँको टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी पनि यस्तै प्रकारको लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। दुवै कार्यक्रमहरूमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रममा कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपी प्रमुख मणिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक विकेश बाडेले सहजीकरण गरेका थिए ।
त्यस्तै, टङ्गालमा आयोजित कार्यक्रममा स्कीम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पूँजी बजार, लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा दीर्घकालीन लगानीको महत्त्वबारे जानकारी गराइएको थियो । अन्त्यमा सहभागीहरूले सोधेका विभिन्न जिज्ञासाहरूको विशेषज्ञ टोलीद्वारा उत्तर दिँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो ।




