Date

बुध, पुस २, २०८२
Wed, December 17, 2025

बोटलर्स नेपाल अन्तर्गतका दुई कम्पनीले पुस २३ गते बोलाए साधारण सभा

बोटलर्स नेपाल अन्तर्गतका दुई कम्पनीले पुस २३ गते बोलाए साधारण सभा

काठमाडौं । बोटलर्स नेपाल अन्तर्गतका दुई कम्पनीहरुले पुस २३ गते बार्षिक साधारण सभा बोलाएका छन् । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले एकै दिन वार्षिक साधारण सभा बोलाएका हुन । बोटलर्स नेपाल तराईले विहान ११ः३० बजे र बोटलर्स नेपाल (बालाजु) ले दिउँसो ३ बजे सभा गर्न लागेका हुन । दुबै कम्पनीको सभा होटल याक एण्ड यति , दरबारमार्ग, काठमाडौंमा हुनेछ ।

लाभांश प्रस्ताव नगरेका यी कम्पनीहरुले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछन् । बोटलर्स नेपाल बालाजुले उल्लेखित प्रस्ताव वाहेक सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । साधारण सभा प्रयोजनका लागि दुबै कम्पनीले एकै दिन पुस ११ गते बुक क्लोज गर्न लागेका छन् । पुस १० गते सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *