पुस २४ गते प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गर्दैं आइएमई लाइफ इन्स्योेरेन्स
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । दियो महल, धुम्बाराही, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
प्रस्तावित १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।




