Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सगरमाथामा आरोहीको मृत्यु जामको कारण नभएको निष्कर्ष

सगरमाथामा आरोहीको मृत्यु जामको कारण नभएको निष्कर्ष

काठमाडौं, ३० साउन । गएको वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा अत्याधिक आरोहीका कारण जाम भएर आरोहीहरूको मृत्यु भएको भनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचार निराधार भएको सरकारी प्रतिवेदनले देखाएको छ। नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा देखा परेका समस्याको समाधान गर्न गठित समितिले बुधवार प्रतिवेदन सार्वजनिक गर्दै त्यो जाम मौसम प्रतिकूलताका कारण मात्र भएको निष्कर्ष निकालेको हो ।

उक्त सिजनमा सगरमाथा सहित ८ हजार मिटर माथिका हिमाल आरोहण गर्ने क्रममा १५ जना आरोहीको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता छन् । आरोहीको मृत्यु हुनुमा हाईअल्टिच्युड, कमजोर शारीरिक अवस्था, आकस्मिक मुर्छा आदि कारण रहेको समितिको निचोड छ । प्रतिवेदनका अनुसार बढी जाम भएको भनिएको मे २२ मा एक जना मात्र आरोहीको मृत्यु भएको छ । त्यस दिन मौसम अनुकूल रहे पनि त्यसभन्दा अघि आएको फानी नामको आँधीले उक्त क्षेत्रमा हिमपात भई आरोहणका लागि शिखरसम्म डोरी टाँग्ने कार्य प्रभावित भएको, आरोही बस्नका लागि बनाइएका करिब १९ वटा टेन्ट उडाएको र उक्त स्थानसम्म पुगेका आरोही बस्न नसकी आधार शिविर नै फर्कनु परेका कारण सो दिन सगरमाथा आरोहणमा धेरै जनाको लाम देखिएको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन विभागले सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ दलमार्फत ३ सय ८१ जना आरोही र ६ सय ४२ जना सहयोगीलाई अनुमति प्रदान गरेकोमा २ सय ८० जना आरोही र ३ सय ६४ जना सहयोगीले आरोहण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x