Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनएमबि बैंकको नाफामा २४.६१ प्रतिशतको बृद्धि

एनएमबि बैंकको नाफामा २४.६१ प्रतिशतको बृद्धि

काठमाडौं, ३० साउन । एनएमबि बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद मुनाफा आजर्न गरेको छ। यो नाफा रकम अघिल्लो वर्षको तुलनामा २४.६१ प्रतिशतले बढी हो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ४६.९१ प्रतिशतले बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि २८.०२ प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको । यो अवधीमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि क्रमशः १६.५७ प्रतिशत र २१.६९ प्रतिशतले बढाएको छ । ८७ अर्व ८९ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरि ८८ अर्व ४८ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

बैंकले खराब कर्जा अनुपात घटाउँदै लगेको वित्तीय विवरणमा उल्लेख छ। खराव कर्जा ०.८८ प्रतिशतबाट घटाएर ०.८२ प्रतिशतमा झारेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x