Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

जापानका लागि भाषा परीक्षा र सीप परीक्षण कम्प्युटरका माध्यमबाट लिइने

जापानका लागि भाषा परीक्षा र सीप परीक्षण कम्प्युटरका माध्यमबाट लिइने

काठमाडौं,३० साउन । जापान जाने नेपाली कामदारहरूको भाषा परीक्षा र सीप परीक्षण कम्प्युटरका माध्यमबाट गरिने भएको छ । रोजगारदाता देशसँगको लामो छलफल पछि लागि सरकारले जपान जादाँ  लिइने भाषा परीक्षाको मिति र मोडालिटीबारे टुंगो लगाएको छ । नेपाली कामदार छनोट तथा भर्ना प्रक्रियाका लागि जापानले प्रो–म्याट्रिक कम्पनीलाई जिम्मा दिने छ । भाषा परीक्षा र सीप परीक्षणका लागि जापानबाट नै प्रतिनिधि टोली आउने श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुशार भाषा परीक्षा र सीप परीक्षण कम्प्युटरका माध्यमबाट लिइनेछ भने भाषा परीक्षा र सीप परीक्षणको नतिजा सहभागी भएको केही समयमै परीक्षार्थीले प्राप्त गर्ने छन् । दक्ष नर्सलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै दोस्रो प्राथामिकतामा चरणमा जापानी भाषा परीक्षा र सीप परीक्षण दुवैमा उत्तीर्ण भएका नर्सबाहेकका कामदार पनि केयर गिभरका लागि जापान जान पाउनेछन् । केयर गिभरका लागि जान चाहाने कामदारले पनि सोहीअनुसारको भाषा परीक्षा र सीप परीक्षण उत्तीर्र्ण गर्नुपर्ने छ । भाषा परीक्षा र सीप परीक्षण जापानकै टोलीबाट हुने पनि मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा नर्स र केयर गिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने छ । उनले भाषा परीक्षामा उत्तीर्र्ण भएका कामदारको सीप परीक्षण पनि आगामी १९ र २० कात्तिकमा हुने छ । मन्त्रालयका अनुसार भाषासँगै सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएका कामदार वैदेशिक रोजगारीका लागि जापान जान पाउनेछन् । नेपाल र जापान सरकारबीच भएको समझदारीमा पारित मस्यौदाअनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन–४ तहको भाषा उत्तीर्र्ण गर्नुपर्ने उल्लेख छ । यसैगरी, कामदारले एकपटक जापानी भाषा परीक्षा उत्तीर्र्ण गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ ।जापानले पाँच वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापानले नेपालसहित अन्य नौवटा मुलुकसँग समझदारीका लागि प्रक्रिया अघि बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x