सेञ्चुरी बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त
काठमाडौं, ३१ साउन । सेञ्चुरी कमर्सियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन । जीवन भट्टराईले सो पदको जिम्मेवारी छाडेपछि न्यौपानेलाई जिम्मेवारी दिइएको हो ।
न्यौपाने यसअघि बैंकमा प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत थिए । उनीसँग १५ वर्षको बैंकिङ अनुभव रहेको छ ।