Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निर्जीवन बिमा कम्पनीहरु ४४ प्रतिशत व्यवसायको हिस्सा मोटर बिमा

निर्जीवन बिमा कम्पनीहरु ४४ प्रतिशत व्यवसायको हिस्सा मोटर बिमा

काठमाडौं, ३१ साउन । नेपालका निर्जीवन बिमा कम्पनीहरु अझै पनि मोटर बिमामा नै आधारित छन् । कम्पनीहरुको कुल निर्जीवन व्यवसायको ४४ प्रतिशत हिस्सा मोटर बिमा कै छ । तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५÷७६ को अन्त्यसम्ममा निर्जीवन बिमा कम्पनीहरुले १० अर्ब ७० करोड रुपैयाँ बराबरको मोटर बिमा गरेका छन् । सो अवधिमा कम्पनीहरुले कुल २४ अर्ब २० करोड रुपैयाँ विमा शुल्क आर्जन गरेका थिए ।

मोटर बिमा अन्र्तगत तेस्रो पक्ष बिमालाई सरकारले अनिवार्य गरेको छ । जसका कारण कम्पनीहरुमा मोटर बिमाको हिस्सा अधिक रहेको युनाईटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।

करिब ८ प्रतिशतले बढ्यो निर्जीवन व्यवसाय
गत आवमा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय ८ दशमलव २७ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीहरुले २४ अर्ब २० करोड रुपैयाँ बराबरको बिमा व्यवसाय गरेका छन् । अघिल्लो आवमा भने कम्पनीहरुले २२ अर्ब ३५ करोड रुपैयाँ बराबरको बिमा व्यवसाय गरेका थिए ।
त्यस्तै, अग्नि बिमाको हिस्सा भने २० प्रतिशत रहेको छ । गत आवमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ बराबरको अग्नि बिमा गरेका छन् । अघिल्लो आवको सोही अवधिको तुलनामा भने यो रकम १६ प्रतिशतले बढी हो ।

त्यस्तै, गत आवमा कम्पनीहरुको निर्जीवन बिमा व्यवसाय ५६ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीहरुले जम्मा १ अर्ब ३६ करोड रुपैयाँ बराबरको अग्नि बिमा गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले ३ अर्ब १४ करोड रुपैयाँ बराबरको सामुन्द्रिक बिमा गरेका थिए । तर, हवाई बिमा भने ३१ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीहरुले १ अर्ब १९ करोड रुपैयाँ बराबरको हवाई बिमा गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले बढेको हो । इन्जिनियरिङ्ग बिमा भने सामान्य रुपले बढेको छ । गत आवमा कम्पनीहरुले २ अर्ब ९८ लाख रुपैयाँ बराबरको इन्जिनियरिङ्ग बिमा गरेका थिए । कृषि बिमा भने ७८ दशमलव ४३ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x