Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

दूधको मूल्य बढाउनु पर्ने दवावमा सरकार, मूल्य सिफारिस गर्न समिति

दूधको मूल्य बढाउनु पर्ने दवावमा सरकार, मूल्य सिफारिस गर्न समिति

काठमाडौं,३१ साउन । धुलो दुधको आयात रोकेको सरकार यतिवेला तत्काल दूधको मूल्य बढाउने दवावमा परेको छ । धुलो दुधको आयत रोकिएपछि माग बढी भएको र लामो समयसम्म दुधको मूल्य वृद्धि नभएको भन्दै दुधको मूल्य बढाउन किसान र व्यवसायीहरुले दवाव दिदै आएका छन् । किसान र ब्यवसायीको दवाव पछि उत्पादन मूल्य र लागत मूल्य बढेको भन्दै दूधको मूल्य बढाउने तयारी थालेको हो ।

किसान र व्यवसायीको मागअनुसार नै दूधको मूल्य बढाउने या अन्य विकल्प ल्याउने भन्ने विषयमा मन्त्रालयले छलफल गरिरहेको  कृषि तथा पशुपन्छी विकास चक्रपाणि खनालले बताए ।  व्यवसायीहरूल् कम्तिमा प्रतिलिटर मूल्य ६ देखि १० रुपैयाँ बढाउने माग गरेका छन् । तर यती कति बढाउने भन्ने विषयमा टुग्गो लागेको छैन । यस बारेमा थप अध्यान गरेर उचित सुझाब दिन सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डका समितिका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त संयोजकत्वमा दूधको मूल्य सिफारिस गर्न ८ सदस्यीय समिति गठनसमेत गरेको छ । समितिमा राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध सहकारी संघ कृषि तथा पुशपन्छी विकास मन्त्रालय, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनलगायत संस्थाको प्रतिनिधिको रहेका छन् । मागको तुलनमा दैनिक ६२ हजार लिटर दुध अपुग रहेको डेरी ब्यवसायीहरुले बताउदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x