Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

सेयर बजारमा ७.२३ अंकको बृद्धि

सेयर बजारमा ७.२३ अंकको बृद्धि

काठमाडौं, २ भदौ । सोमबार (आज) सेयर बजारमा सुधार आएको छ। हिजो ९.२० अंकले घटेको बजार आज भने ७.२३ अंकले बढेर १२२२.०६ बिन्दुमा बन्द भएको छ।

आज निर्जीवन बिमा समूहबाहेक अरु सबै समूहको उपसूचक बृद्धि भएको छ । निर्जीवन बिमा समूहमा २९.७८ अंकको गिरावट आएको छ।

बजार बढेको दिन १ सय ७५ कम्पनीको ३८ करोढ ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसमा सिद्धार्थ बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । बैंकको २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै सो दिन सबैभन्दा धेरै कमाउनेमा भने नडेप लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताहरु छन् भने धेरै गुमाउनेमा सानिमा इक्विटी फण्ड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *