Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ‘हेलो नेपाल’ को लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ‘हेलो नेपाल’ को लाइसेन्स खारेज

काठमाडौं,३ भदौ । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपालको अनुमतिपत्र खारेज भएको छ । लामो समय ताकेता गर्दा पनि रोयल्टी तथा नवीकरणबापतको ८० करोड रुपैयाँ नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले  उसलाई दिएको अनुमतिपत्र खारेज गरिदिएको हो ।

रोयल्टी तथा नवीकरण शुल्क नबुझाएपछि प्राधिकरणलाई सो रकम बुझाउन पटक–पटक बक्यौता चुक्ता गर्न प्राधिकरणले ताकेता गरे पनि बक्यौता रकम नबुझाएपछि उक्त अनुमतिप पत्र खारेज गरेको हो ।  हेलो नेपालले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पु¥याउने सर्तमा ०६४ फागुन ५ मा अनुमतिपत्र पाएको थियो ।

प्राधिकरणले लाइसेन्स खारेज गरे पनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन भने दिन सक्नेछ । प्राधिकरणले साउन ६ गते नेपाल स्याटेलाइटलाई अनुमतिपत्र किन खारेज नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिँदै नेपाल स्याटेलाइटले काठमाडौंमा सेवा विस्तारको अनुमति दिए मात्रै बक्यौता तिर्ने सर्त तेस्र्याएको थियो । साउन १८ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र ७ करोड र ३ महिनाभित्र बाँकी रकम तिर्न म्याद दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x