Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

यस वर्ष पनि गत वर्षकै हाराहारीमा रोपाइँ

यस वर्ष पनि गत वर्षकै हाराहारीमा रोपाइँ

काठमाडौं,३ भदौं । यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गत वर्ष सोही अवधिमा ९५.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो । यस्तै आइतबारसम्म प्रदेश नं १ मा ९३.४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश १ मा गत वर्ष ९४.४४ प्रतिशत रोपाइँ भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश नं २ मा गत वर्षको तुलनामा झिनो मात्रामा रोपाइँ बढेको छ । प्रदेश नं २ मा गत वर्ष ९३.१७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९३.३१ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।  प्रदेश नं ३ मा पनि गत वर्षको तुलनामा रोपाइँ बढेको छ । गत वर्ष ९४.२२ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९६.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाइँ घटेको छ । सो प्रदेशमा गत वर्ष ९६.८७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाइँ खुम्चिएको छ ।

आइतबारसम्म गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्र रोपाइँ भएको छ । यसैगरी प्रदेश नं ५ र कर्णाली प्रदेशमा क्रमशः ९४.३९ र ९६.१६ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गत वर्ष ती प्रदेशमा क्रमशः ९६.१९ र ९८.३९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गत वर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । पूर्व क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नं १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढ्ता वर्षा भएको मौसम पूर्वानुमान विभागले जनाएको छ । पश्चिमी भेकमा वर्षा बढेकाले रोपाइँको प्रतिशत बढेको हो । कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न सकिने भए पनि यस वर्ष १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x