कुमारी बैंक र सारथीबीच डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य
काठमाडौं, १२ भदौ । कुमारी बैंक लिमिटेड र ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्रा.लि.बीच डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य भएको छ । बैंकले आज एक कार्यक्रम आयोजना गरी आधुनिक सूचना प्रविधिको प्रयोगलाई अझ सहजता दिन ट्याक्सी सेवा प्रदायक कम्पनीसँग सहयकार्य गरेको हो । यो सम्झौताले सेवाग्राहीलाई झन्झटमुक्त गराउँका साथै ट्याक्सी व्यवसायीहरुको आम्दानीलाई सम्बन्धित बैंक खातामा जम्मा भई बचत हुने बैंकले जनाएको छ । त्यस्तै जम्मा भएको निक्षपबाट व्यवसायीलई ब्याज पनि प्राप्त हुने छ ।
सो पेमेन्टमा ग्राहले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोन पे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि सिधै भुक्तानी गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका लागि सेप्टेम्बर १ देखि ग्राहक र चालकलाई आकर्षक बोनस र क्यास ब्याकको योजना ल्याएको छ । उक्त योजना अनुरुप हरेक क्यूआर पेमेन्टको कारोबारमा चालकले १५ रुपैयाँ बोनस र ग्राहकले २० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।
हाल बैंकले १ सय ३ वटा शाखा कार्यालय, ९३ वटा एटीएम, ३ वटा एक्सटेन्सन काउन्टर र ३ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ ।