Shangrila

प्रभु बैंकको शाखा कार्यालय गोरखाको छेपेटारमा

काठमाडौं, १२ भदौ । प्रभु बैंक लिमिटेडले गोरखाको छेपेटारमा शाखा कार्यालय सञ्चालन गरेको छ । बैंकले आज एक कार्यक्रम आयोजना गरी गोरखा नगरपालिका वडा नं. १० स्थित छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन नगर प्रमुख राजनराज पाण्डेले गरेका हुन् । छेपेटार शाखा विस्तार भएसँगै यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई बैंकिङ्ग कारोबारमा सहयोग पुग्ने नगर प्रमुख पाण्डेले बताए । छेपेटार शाखाबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी र संघ संस्थाले बैंकले दिने गुणस्तरीय सेवा उपभोग गर्नसक्ने बैंकले जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *