Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साताको अन्तिम दिन सेयर बजार घटेर बन्द

साताको अन्तिम दिन सेयर बजार घटेर बन्द

काठमाडौ, १२ भदौ । साताको अन्तिम कारोबारको दिन आज पनि सेयर बजार घटेर बन्द भएको छ। बजार १.३३ अंकले घटेर ११९६.४१ को बिन्दुमा रोकिएको छ ।

कारोबारमा आएका मध्य बैंकिङ र विकास बैंक समूहबाट अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ ०.८६ र विकास बैंक २.९ अंकले मात्र बढेको छ । सो दिन एक सय ७० कम्पनीको २७ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा पनि कुमारी बैंकको सबैभन्दा धेरै अर्थात १ करोड ६२ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

तर धेरै कमाउनेमा भने सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु परेका छन् । सो लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै धेरै गुमाउनेमा भने युनाइटेड फाइनान्सका लगानीकर्ताहरु परेका छन् । फाइनान्सको सेयर मूल्यमा भने ६.४१ प्रतिशतले कमि आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x