सुनको भाउ फेरि बढ्यो

काठमाडौं, १२ भदौ । केही साता यता स्थानीय बजारमा सुनको भाउ दिन प्रतिदिन बृद्धि हुँदै गईरहेको छ । हिजो र अस्ति सुनको भाउ ७२ हजार ६ सय रुपैयाँमा स्थिर रहेपनि आज प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको हो । आज स्थानीय बजारमा सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै साउन ९ गते सोमबार सुनको भाउ सर्वाधिक महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सो दिन प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउमा पनि १५ रुपैयाँले बृद्धि भएको छ । हिजो प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *