Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

एटीएम ह्याकिङ प्रकरणमा ३ मनी एक्सचेन्ज सञ्चालक पक्राउ

एटीएम ह्याकिङ प्रकरणमा ३ मनी एक्सचेन्ज सञ्चालक पक्राउ

काठमाडौं, १६ भदौ । नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामिछाने, रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।

चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए । स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x