Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजार ओरालो लाग्दा नेप्से ११७०.३४ को विन्दुमा

सेयर बजार ओरालो लाग्दा नेप्से ११७०.३४ को विन्दुमा

काठमाडौं, १६ भदौ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकले गिरावट आएको छ । हिजो ११.६३ अंकले गिरावट आएको नेप्सेमा आज १४.४५ अंकले गिरावट आई ११७०.३४ विन्दुमा ओर्लिएको छ ।

तर कारोबार रकममा भने हिजोभन्दा केही सुधार देखिएको छ । हिजो २९ करोड ७३ लाख रुपैयाँ कारोबार भएकोमा आज एक सय ७१ कम्पनीको १३ लाख ८० हजार ६ सय ६० कित्ता सेयर ४० करोड ७५ लाख रुपैयाँमा खरिद–विक्री भएको छ ।

त्यस्तै सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । उक्त बैैंकको २ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी सेयर खरिद–विक्री हुनेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । उक्त इन्स्योरेन्स कम्पनीको पनि २ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउनेमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका सेयरधनीहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा गरीमा विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त हाइड्रोपावरको प्रतिसेयर मूल्य ५.४५ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको प्रतिसेयर मूल्य ७.९७ प्रतिशतले घटेको छ । नेप्सेमा सूचिकृत ११ समूह सबैको उपसूचकमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x