प्रदेश नम्बर तीन का पाँच जिल्लामा विषादी परीक्षण प्रयोगशाला

काठमाडौं,१७ भदौं ।  प्रदेश नम्बर ३ का पाँच जिल्लामा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ ।  प्रदेश नम्बर ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाँच नम्बर प्रदेशका तीन जिल्लामा फलफुल तथा तरकारीको विषादी परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । जस अनुसार यस आर्थिक वर्षमा काभे्र, धादिङ, चितवन, नुवाकोट र मकवानपुरस्थित कृषि ज्ञान केन्द्रमा दू्रत विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना कार्य अघि बढाएको छ । तीमध्ये  काभे्र सदरमुकाम धुलिखेलस्थित कृषि ज्ञान केन्द्रमा रहेको प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *