Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एटीएम ह्याकिङ प्रकरण अनुसन्धानका लागि मुम्बईबाट फरेन्सिक टिम बोलाइने

एटीएम ह्याकिङ प्रकरण अनुसन्धानका लागि मुम्बईबाट फरेन्सिक टिम बोलाइने

काठमाडौं,१७ भदौ ।  एटीएम ह्याकिङ प्रकरण अनुसन्धानका लागि मुम्बईबाट फरेन्सिक टिम बोलाइने तयारी गरिएको छ ।  ह्याकरले पैसा कसरी झिके, नेप्सको नेटवर्कसम्म कसरी पुगे भन्नेलगायतको वास्तविकता पत्ता लगाउन फरेन्सिक टिम बोलाउन लागिएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले फरेन्सिक टिम मगाउन सम्पर्क गरिरहेको सम्भवतः मुम्बईबाट फरेन्सिक टिम बोलाइने राष्ट्र बैकका एक अधिकारीले बताए । यता चीनले भने नेपाली बैंकको सिस्टम ह्याक गरी एटीएम प्रकरणमा नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता पनि जनाएको छ । चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फाङ सोइलिङ नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता पनि जनाएका हुन । फाङले सोमबार महानगरीय प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका आफ्ना ६ जना नागरिकलाई भेटेका छन । उनले चीनमा रहेका आफन्तलाई उनीहरूको अवस्थाबारे जानकारी दिन आफूले भेट गरेको जानकारी दिदै अनुसन्रधामा सहयोग गर्ने बताए ।  

गत शनिबार नबिल बैंकको दरबारमार्गस्थित एटीएम बुथमा प्रभु बैंकको सिस्टमबाट अस्वाभाविक रूपमा रकम निकालेको जानकारी पाएपछि प्रभु बैंकका एक कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै अपरेसनमा खटिएको प्रहरी टोलीले तत्काल पाँच जनालाई पक्राउ गरेको थियो यस्तै एटीएम ह्याकपछि रकम साट्ने कार्यमा मुछिएका मनी एक्सचेन्जका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x