Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नबिलको दुर्घटना बीमा योजनामा बीमा रकम १० लाख उपलब्ध हुने

नबिलको दुर्घटना बीमा योजनामा बीमा रकम १० लाख उपलब्ध हुने

काठमाडौं, १७ भदौ । नबिल बैंक लिमिटेडले व्यक्तिगत बचत खाताका ग्राहकहरुलाई १० लाख रुपैयाँको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भादौ १छ गतेदेखि नै लागु हुने गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त योजना अन्तर्गत दैनिक मौज्दात ५ हजार रुपैयाँ वा सो भन्दाबढि राख्ने जुनसुकै प्रकारका व्यक्तिगत बचत खातावालाहरुलाई १० लाख रुपैयाँको सामुहिक व्यक्तिगत दुर्घटना बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुष्ठ १० लाख रुपैयाँ बीमा रकम प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैंकले विगतदेखिनै ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको छ । हाल बैंकले ७९ शाखा कार्यालय, १ सय द्धण् एटीएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x