Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच छुट दिने सम्झौता

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच छुट दिने सम्झौता

काठमाडौं, १७ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.बीच कर्मचारी र ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत संस्थापक/सेयरधनीहरुलाई उक्त अस्पतालमा उपचार गराउदा सेवा शुल्कमा छुट हुने गरी सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत, रेडियसन थेरापी र बीचथेरापीमा ५ प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले ९९ वटा शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x