Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रा.ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा गोविन्दराम अग्रवाल सम्मानित

प्रा.ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा गोविन्दराम अग्रवाल सम्मानित

काठमाडौं, १७ भदौ । प्रा. ईश्वरीलाल श्रेष्ठ प्रतिष्ठानले वाणिज्य क्षेत्रमा उलेख्य योगदान पु¥याउने प्रा.डा. गोविन्दराम अग्रवाललाई सम्मान गरेको छ । प्रतिष्ठानले ६६ औं वाणिज्य दिवसको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अग्रवाललाई सम्मान गरेको हो ।

यो वर्षबाट उक्त सम्मानको सुरुवात गरिएको आयोजकले जनाएको छ । वाणिज्य शिक्षाको सुरुवात गर्ने प्रा.ईश्वरीलाल श्रेष्ठको सम्झनामा यो सम्मानको प्रारम्भ गरिएको हो । वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रथम पटक अग्रवाललाई सम्मन प्रदान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईकम र बीकममा उत्कृष्ट अंक प्राप्त गरी पास गरेका अग्रवालका वाणिज्य क्षेत्रका धेरै किताबहरु प्रकाशित छन् । अग्रवालले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट उपधि प्राप्त गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापक सन् १९७५ भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयकै केन्द्रीय आर्थिक विकास र प्रशासन (सेडा) को कार्यकारी निर्देशक भएर काम पनि गरेका थिए ।

त्यस्तै प्रतिष्ठानले आगामी दिनहरुमा वाणिज्य एवं व्यवस्थापन शिक्षालाई अध्ययन अनुगमन गर्नुका साथै वाणिज्य शिक्षामा अध्ययनरत जेहेन्दार तर आर्थिक अवस्थाले कमजोर विद्यार्थीहरुलाई उपयुक्त सहयोग पुर्याउने उद्देश्य राखेको प्रतिष्ठानले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x