Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से २०.५७ अंकले बढ्यो

नेप्से २०.५७ अंकले बढ्यो

काठमाडौं, १७ भदौ । केही दिन यता दिन प्रतिदिन ओरालो लागेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५७ अंकले बृद्धि भई ११९०.९० विन्दुमा पुगेको छ ।

आज १ सय ७१ कम्पनीको ५१ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै सबैभन्दा बढी सेयर खरिद–विक्री नेपाल बंगलादेश बैंक प्रमोटर सेयरको भएको छ । उक्त बैंकको ५ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यसैगरी आज नेप्सेमा सूचिकृत ११ समूहमध्ये दुई समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य ९ समूहको उपसूचकमा सुधार देखिएको छ । उपसूचक गिरावट आउनेमा अन्य समूह ०.०१ प्रतिशत र म्च्यलु फण्ड समूह ०.०६ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x